स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई केहि लम्बिने भएको छ । उपचारका क्रममा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको काम नसकिएकाले उनको केहि दिन बसाई लम्बिन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि, अस्पतालले बिहीबार साँझसम्म ओलीलाई डिस्चार्ज गर्ने र शुक्रबार राति ८ बजे नेपाल आइपुग्ने कार्यतालिका थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार डिस्चार्जअघि केही थप स्वास्थ्य परीक्षण गर्नुपर्ने भएका कारण पधानमन्त्रीको सिंगापुर बसाई लम्बिने भएको हो । कुन दिन फर्कने भन्ने मिति अहिले नै भन्न सक्ने अवस्था नरहेपनि सोमबारसम्ममा प्रधानमन्त्री स्वदेश फर्कने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए । प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत सिंगापुरमा छन् ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै पीडितहरू बाट ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग