पत्रकार महासंघले जनायो आपत्तिः सञ्चार माध्यममा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु निन्दनीयकाठमाडौं ।

पत्रकार महासंघले जनायो आपत्तिः सञ्चार माध्यममा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु निन्दनीयकाठमाडौं ।

rabi

 नेपाल पत्रकार महासंघले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने क्रममा देखाएको दुव्यवहार र शैलीप्रति गम्भीर आपत्ति जनाएको छ ।

महासंघले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकार लामिछाने र कँडेललाई पक्राउ गर्दा गरेको दुव्र्यवहार र पक्राउको शैलीप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्तीमा पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर प्रहरीले साउन ३० गते बिहीबार आफ्नो सीमा, मर्यादा, अन्तर्रा्ष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनको कार्यालयमा बलजफ्ती रुपमा प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेको उल्लेख गरेको छ । पत्रकार पुडासैनीको आत्महत्याको प्रकरणका सम्बन्धमा कानुनी रुपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गर्न यसअघि नै महासंघले आफ्नो धारणा सार्वजनिक गरिसकेको पनि विज्ञप्तीमा स्मरण गराइएको छ ।

महासंघको विज्ञप्तीमा अगाडि भनिएको छ ‘ बिना जानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुव्र्यवहार आफैंमा दुःखद् र निन्दनीय काम हो ।

प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै संविधानविरीत भएकोे महासंघ ठान्दछ । महासंघ प्रेस र सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेपको तीब्र निन्दा गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेप बन्द गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । ’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ