हामीले सुन्ने गरेका छौं, पुलिसले अपराधीबाट वास्तविकता ओकल्न चरम यातना दिने गर्छ । तर यहाँ एउटा यस्तो भिडियो भाइरल भएको छ जसले यातनाको सबै हद पार गरेको छ । इन्डोनेशियाको पपुवाअस्थित जायाविजाया जिल्लाका पुलिसले एक कथित चोरको घाँटीमा दुई मिटर लामो सर्प बेरेर सोधपुछ गरेका छन् । यो भिडियो सोसल मिडियामा भाइरल भएपछि पुलिसले माफी मागेको छ ।
इन्डोनेशियाका मानव अधिकारकर्मीले वेस्टर्न न्यू गिनीमा सोधपुछका लागि सर्प प्रयोग गरेको घटनाको घोर विरोध गरेको छ । सोसल मिडियामा भाइरल भएका भिडियोमा नाङ्गो खुट्टा भएका, हात बाँधेका व्यक्तिलाई एक पुलिस अधिकारीले जिउँदो सर्प मुखमा तेर्साउँदै प्रश्न सोधिरहेको देख्न सकिन्छ । ती पुलिसले उक्त सर्प उनको मुखभित्र र पाइन्ट भित्र हालिदिने चेतावनी पनि दिइरहेका छन् । पछि, उक्त सर्प कथित मोबाइल चोरको घाँटीमा पनि बेरिदिएको देख्न सकिन्छ ।
‘तैंले कति पटक मोबाइल चोरेको छस् ?’ कथित चोरमाथि ती पुलिसले चिच्याएर सोधिरहेका छन् । यसको जवाफमा आत्तिएका ती व्यक्तिले भन्छन्, ‘दुई पटक मात्र ।’
स्थानीय पुलिस प्रमुख टोनी आनन्द स्वादयले यसबारे वक्तत्व जारी गर्दै सोधपुछमा सर्पको प्रयोग गरेकोमा माफी मागेका छन् । उनले मिडियाले उक्त घटनालाई अतिरञ्जित गरेको पनि आरोप लगाए । उनले सर्प विषालु नभएको र आरोपी खतरामा नभएको पनि स्पष्ट पारे ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै पीडितहरू बाट ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग