लोकसेवाले कर्मचारी भर्ना गर्दै ! हेर्नुस्, कुन-कुन पदमा ?

लोकसेवाले कर्मचारी भर्ना गर्दै ! हेर्नुस्, कुन-कुन पदमा ?

unnamed

काठमाडौं : लोक सेवा आयोगले स्थानीय तहका पदहरूको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी बाधा अड्काउ फुकाएसँगै आयोगले बिहीबार जेठको तेस्रो बुधबार विज्ञापन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले तालिका सार्वजनिक गर्दै विज्ञापन–सूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिसको मितिसमेत तोकेको छ।कार्यतालिकाअनुसार चौथो, पाँचौँ, छैटौँ र नवौँ तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ ।

असोज–कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक–मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ। त्यसैगरी, प्राविधिक पदको लिखित परीक्षा साउन–भदौमा सञ्चालन हुनेछ। भदौमा नतिजा प्रकाशन हुने तथा भदौ–असोजमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगले जानकारी गराएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ