‘घमन्ड नगरौं, दुईतिहाइ होइन, ५५ प्रतिशतमात्र मत हो : माधव नेपाल

‘घमन्ड नगरौं, दुईतिहाइ होइन, ५५ प्रतिशतमात्र मत हो : माधव नेपाल

madhav-nepal

काठमाडौं, जेठ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले पार्टीका नेता–कार्यकर्तालाई घमन्ड नगर्न सचेत गराएका छन् ।

बुधबार पार्टीनिकट युवा संगठनको २९औं स्थापना दिवस कार्यक्रममा उनले गत निर्वाचनमा नेकपाले दुईतिहाइ मत नपाएकोतर्फ सचेत गराउँदै ५५ प्रतिशत मतमात्रै पाएकाले दुईतिहाइको घमन्ड गर्न नहुने बताएका हुन् ।

नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको तर त्यसका लागि नेतृत्वले जनताका कुरा सुन्न र दुःख–सुख बुझ्न सक्नुपर्ने उनले बताए ।

उनले कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता अध्ययनशील हुनुपर्ने भन्दै अध्ययन, चिन्तन गर्न सुझाव पनि दिए । नेता नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्न आग्रह पनि गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ