यस्तो सपना देख्नु गर्नुभएको छ, के हुनसक्छ कारण

यस्तो सपना देख्नु गर्नुभएको छ, के हुनसक्छ कारण

Sexual Harrassment at Work

एजेन्सी : निदाएपछि सपना देख्नु सामान्य कुरा हो । सबैले सपना देख्छन् वा स्मरण गर्छन् भन्ने चाँहि हुँदैन । मानिसले फरक फरक प्रकृतिका सपना देख्ने गर्छन् । आफ्नो दैनिकी, काम, व्यस्तता, इच्छाका आधारमा सपनाहरु देखिने विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।

कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि सपना देख्ने गर्छ । प्रायः युवाअवस्थामा यस्तो सपना देखिने गर्छ । जसलाई ‘नाइट फल’ पनि भनिन्छ । यस्तो सपनाले के संकेत गर्छ त ?

शारीरिक सम्पर्कको सम्बन्धमा सपना देख्नु आमविषय हो । यस्तो सपनाले कामेच्छाको संकेत दिन्छ । यस्तो सपनाको अर्थ हुन्छ कि तपाईंले प्रयास गरे पनि सम्भोगको आवश्यकता पूरा गर्न पाउनुभएको छैन । तपाईंको मस्तिष्कले दिएको संकेत यही हो । यस्तो सपनापछि आफ्नो दिमागलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।

कहिलेकाहीँ मानिसले अपरिचित व्यक्तिसँग पनि सम्भोग गरेको सपना देख्छन् । कुनै परिचित मानिसको स्वभाव वा व्यवहारबाट प्रभावित भएको अवस्थामा पनि यस्तो सपना देखिन्छ । या, अरू कोहीजस्तो बन्न चाहेको अवस्थामा देखिन्छ । त्यसैले यस्तो सपनाबाट बच्न आफ्नो व्यवहार सुधार्ने प्रयास गर्न आवश्यक हुन्छ ।

कहिलेकाहीँ आफ्नो मालिकसँगसमेत सम्भोग गरेको सपना देख्छ मानिस । यस्तो सपना देखेमा मालिकबाट टाढा हुनुपर्छ भन्ने भ्रम पाल्नुहुँदैन । कुनै अफिसमा काम गर्ने मानिसलाई यस्तो सपना देख्नुलाई सामान्य रूपमा नै लिइन्छ । यसको अर्थ हुन्छ कि सम्बन्धित व्यक्ति मालिकसँगै धेरै कुरा सिक्न चाहन्छ वा नयाँ प्रकृतिको सम्बन्ध कायम गर्न इच्छा राख्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ